Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक


इ खबर
२६, जेठ २०८०
  • 215
    SHARES
  • लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

    बुटवल । लुम्बिनी प्रदेशले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतलार्ई प्राथमितामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    शैक्षिक क्षेत्रको बिकासका लागि प्रदेश सरकारले बिभिन्न नीति प्रस्तुत गरेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षामा रुपान्तरण गरी शैक्षिक क्षमता सबलीकरण गर्न प्रदेशभर “सिकाउने, टिकाउने र श्रम बजारमा बिकाउने” अभियान संचालन गरिने भएको छ ।

    प्रदेश गौरवको आयोजनाको रुपमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि सूचना प्रविधि तथा सिभिल इन्जिनियरिङ विषयको अध्यापन सुरु गर्ने र एग्री इन्जिनियरिङ लगायतका विषयको अध्यापन तयारी सुरु गर्ने प्रदेश सरकारको नीति रहेको छ ।

    “उत्कृष्ट शिक्षालयलाई सम्मान स् कमजोरलाई प्रोत्साहन” अभियान सहित अत्यधिक विद्यार्थी संख्या भएका विद्यालयमा मापदण्डका आधारमा प्रदेश प्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गरिने तथा विद्यालय बाहिर रहेका बालबालिकाको गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको सुनिश्चितताको लागि विद्यालयको पूर्वाधार विकास र सूचना प्रविधिमूलक शिक्षण विधिबाट शिक्षकको पेशागत दक्षता अभिवृद्धि गरिने प्रदेश प्रमुख अमिक शेरचनले बताए ।

    “बालश्रम शोषण अन्त्य गर्न र बालबालिकाको संरक्षण र विकासका लागि बाल सुधार गृह संचालनमा सहजीकरण गरिनेछ।” शेरचनले भने “गुरुकुल, मदरसा लगायतका धार्मिक विद्यालय तथा अपाङ्गता भएका बालबालिकाले अध्ययन गर्ने विद्यालयमा दिंदै आएको सहयोगलाई निरन्तरता दिइनेछ।”

    सरकारले पुराना कार्यक्रमहरूलाइ पनि निरन्तरता दिएको छ । छात्रबृत्ति, पूर्वाधार निर्माण पुस्तकालय, विज्ञान प्रयोगशालामा उपकरण सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend