Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इजरायलद्वारा गाजाका लागि आएको आधाभन्दा बढी सहायता आपूर्ति अस्वीकार : राष्ट्रसङ्घ


२७, माघ २०८०
  • 158
    SHARES
  • इजरायलद्वारा गाजाका लागि आएको आधाभन्दा बढी सहायता आपूर्ति अस्वीकार : राष्ट्रसङ्घ

    गाजा । उत्तरी गाजा पट्टीका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) ले शुक्रबार पेस गरेको आधा सहायता अनुरोधलाई इजरायलले अस्वीकार गरेको छ ।

    यूएनआरडब्ल्यूए प्रमुख फिलिप लजारिनीले यस वर्षको सुरुदेखि नै उत्तरमा पेस गरेका आधा सहायता अनुरोधहरू अस्वीकृत भएको बताउनुभएको हो ।संयुक्त राष्ट्रसङ्घले उत्तरी गाजा पट्टीमा अनिकाल र भोकमरी यस क्षेत्रको पहिचान बनेको जनाएको छ । 
     
    लजारिनीले उत्तरमा करिब तीन  लाख मानिसहरू बाँच्नका लागि एजेन्सीको सहायतामा निर्भर रहेको उल्लेख गर्दै जीवन बचाउने मानवीय सहायताको पहुँच अवरुद्ध भइरहेको उल्लेख गर्नुभयो । 
     
    गाजास्थित सरकारी सञ्चारमाध्यमका अनुसार इजरायलले निरन्तर घेराबन्दी र खाना, पानी र पोषणलाई प्रवेश गर्नबाट रोकेको कारण पिठो चामललगायतका सामानहरू सकिइसकेका छन् । 

    गाजा क्षेत्रका बासिन्दाहरूले आफ्नो लागि आएको खाद्यान्न सहायता रोकिँदा यसको सट्टा पशुखाद्य र अन्न पिस्न बाध्य भएको र अहिले चलिरहेको आक्रमणको बीचमा वास्तविक अनिकालको सामना गरिरहेको विज्ञप्तिमार्फत कार्यालयले जनाएको छ ।  
      
    गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको सङ्ख्या २७ हजार नौ सय ४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।  

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend