दाङ । दाङको राप्ती नदीमा डुबेर एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा लमही नगरपालिका -४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार मध्याह्न घर नजिकै करिब ५ः३० बजेको समयमा नुहाउँदै गर्दा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।