Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाइडेनको आग्रहका बावजुद अमेरिकी सदनका नेताद्वारा युक्रेनको सहयोग अस्वीकार


२, फागुन २०८०
  • 136
    SHARES
  • बाइडेनको आग्रहका बावजुद अमेरिकी सदनका नेताद्वारा युक्रेनको सहयोग अस्वीकार

    वासिङ्टन । अमेरिकी प्रतिनिधि सभाका सभामुखले रूसी नेता भ्लादिमिर पुटिनविरुद्ध उभिनका लागि युक्रेनलाई युद्ध सहायता प्रदान गर्न आवश्यक रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई बेवास्ता गर्दै मङ्गलबार युक्रेनका लागि युद्ध सहायता रोक्नुभएको छ । 

    आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडेनका सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पसँग निकट रहेर काम गर्ने सभामुख माइक जोनसनले आफूले विधेयकमाथिको मतदानलाई अगाडि बढाउने कुनै मनसाय नरहेको बताउनुभएको छ । “मैले पक्कै पनि दिने छैन,” उहाँले भन्नुभयो ।

    उक्त विधेयक मङ्गलबार सिनेटमा पारित भएको थियो । यसमा मुख्यतया पश्चिमसमर्थक युक्रेनको सुरक्षाका साथै इजरायल र ताइवानको शीर्ष अमेरिकी रणनीतिक प्राथमिकताहरूको लागि ९५ अर्ब अमेरिकी डलरको कोष समावेश छ ।

    ह्वाइट हाउसमा बाइडेनले अमेरिकी सहयोगी राष्ट्रलाई सहयोग गर्नु र विशेषगरी युक्रेनले दुई वर्षदेखि जारी रूसी आक्रमणलाई रोक्न सङ्घर्ष गरिरहेको अवस्थामा सहयोग गर्नु आधारभूत जिम्मेवारी भएको बताउनुभएको छ ।

    “इतिहासले चिहाइरहेको छ,” बाइडेनले टेलिभिजनमा पाँच पटक उक्त वाक्यांश दोहोर्‍याउँदै भन्नुभयो । “यो विधेयकको समर्थन गर्नु पुटिनको विपक्षमा उभिनु हो । यसको विरोध गर्नु पुटिनको हातमा खेल्नु हो,” डेमोक्रयाटिक पार्टीका नेता तथा अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभयो ।

    पूर्व राष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबद्धता पूरा गर्न असफल भएका नेटो सदस्यराष्ट्रहरूमाथि आक्रमण गर्न रूसलाई प्रोत्साहित गरेपछि राष्ट्रपति बाइडेनले ट्रम्पको पनि आलोचना गर्नुभएको थियो । 

    राष्ट्रपति बाइडेनले भन्नुभयो, “भगवान्लाई साक्षी राखेर बोल्नुपर्छ, बास्तवमा यो मूर्ख र लाजमर्दो कुरा हो । यो खतरनाक छ । यो गैर–अमेरिकी निर्णय हो,” बाइडेनले भन्नुभयो ।

    “दुई पटक महाभियोग लागेका ट्रम्पले पश्चिमी सैन्य गठबन्धनलाई ‘प्रोटेक्सन र्‍याकेट’का रूपमा हेर्नुभएको छ ।उहाँले थप्नुभयो, “अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले रूसी ‘अधिनायकवाद’सामु झुकेका छैनन् ।”

    संसद् (अमेरिकी काङ्ग्रेस) मा रहेको अस्तव्यस्तताका कारण युक्रेनलाई दिने अमेरिकी सहयोग महिनौंदेखि ठप्प भएको छ भने युक्रेनी नेताहरूले बढ्दो रूसी आक्रमणको सामना गर्न मद्दतको याचना गरिरहेका छ ।

    सिनेटको ९५ अर्ब डलरको प्याकेजमा इजरायली सेना र ताइवानका लागि आर्थिक सहयोग समावेश गरिएको छ तर ६० अर्ब अमेरिकी डलरको ठूलो हिस्साले युक्रेनलाई गोलाबारुद आपूर्ति, हतियार र अन्य महत्वपूर्ण आवश्यकताहरूको पुनः भण्डारण गर्न मद्दत गर्नेछ ।

    केही रिपब्लिकनहरूले ट्रम्पको पर्दा पछाडिको चालबाजीलाई अस्वीकार गरेपछि यो सिनेटमा सजिलै पारित भएको थियो ।

    तर जोनसनले मेक्सिकोको सीमापार संयुक्त राज्य अमेरिकामा अवैध आप्रवासन रोक्न कडा नयाँ उपायहरू बिना युक्रेनको सुरक्षालाई सम्बोधन गर्न नसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामी वास्तवमा यो सीमामा नियन्त्रण प्राप्त गर्न अमेरिकी जनताप्रति ऋणी छौं ।”

    वास्तवमा, दशकौंमा सबैभन्दा कठोर नयाँ अमेरिकी सीमा सुरक्षा उपायहरू लागू नगरिकन विदेशी सहायता प्रदान गर्न सिनेटमा डेमोक्रयाटहरूले पहिले नै रिपब्लिकनहरूसँग मिलेर संयुक्त विधेयक तयार गर्न सहकार्य गरिसकेका छन् । 

    उक्त विधेयक सिनेटमा अनुमोदनका लागि राखिएको थियो तर जोनसनले सदनमा यसलाई रोक्ने घोषणा गर्नुभएको छ । 

    यसले सिनेटलाई उक्त संस्करणलाई त्याग्न र मङ्गलबारको नयाँ विदेशी सहायता–मात्र विधेयकमा प्रवेश गराउन उत्प्रेरित गरेको थियो । यसलाई जोनसनले फेरि एक पटक अस्वीकार गर्नुभएको छ । 

    गत चुनावमा पराजित भए पनि रिपब्लिकन पार्टीमा प्रभुत्व जमाएका र अहिले चार वटा छुट्टाछुट्टै मुद्दामा ९१ वटा आपराधिक मुद्दा खेपिरहेका ट्रम्पले यो अवधिभरि नै काङ्ग्रेसको लगाम खिच्न सफल हुनुभएको छ । 

    उहाँले युक्रेनलाई रूसविरुद्धको लडाईंमा सहयोग गर्ने कुराको विरोध गर्दै आफू निर्वाचित भएमा एक दिनमै युद्धको वैकल्पिक समाधान गर्ने बताउँदै आउनुभएको छ ।

    उहाँले सांसदहरूलाई अमेरिकी सीमा सुधारसम्बन्धी विधेयकलाई पारित नगर्न खुलेआम अह्वान गर्नुभएको छ ।बाइडेनले ट्रम्पले सीमा विवादलाई राजनीतिक प्रहारका रुपमा प्रयोग गरेको आरोप लगाउनुभएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend