Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द


१०, फागुन २०८०
  • 269
    SHARES
  • तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द

    मरिसस । मरिससले बिहीबार हिन्द महासागरको द्वीपमा बलियो उष्ण्कटिबन्धीय आँधी आएपछि उडान र विद्यालयहरू बन्द गरेको मौसम विज्ञान सेवाहरूले जनाएका छन् ।

    एलेनोर नामक आँधी स्थानीय समयानुसार बिहान ४ बजे मुलुकबाट करिब दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको र २० किलोमिटर प्रतिघण्टाको वेगमा अगाडि बढिरहेको मौसम सेवाले जानकारी दिएको छ ।

    एक बुलेटिनमा भनिएको छ, “प्रारम्भमा हावा करिब ४० किलोमिटर प्रतिघन्टाको गतिमा दक्षिणपूर्व जानेछ । यो दिउँसो एक सय १० किलोमिटर प्रतिघन्टासम्म पुग्नेछ र फेरि एक सय २० किलोमिटर प्रतिघन्टाभन्दा बढी हुनेछ ।”

    मुलुकको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालकले हवाई सेवा बन्द हुने र राष्ट्रियवाहक एयर मरिससले बिहीबार बिहान प्रस्थानका लागि निर्धारित उडानहरू रद्द गर्ने बताएको छ । सार्वजनिक यातायात र विद्यालयहरू पनि बन्द गरिएको छ ।

    आफ्नो सानदार सेतो बलौटे सामुद्रिक तटहरू र नीलो–हरियो पानीका लागि प्रसिद्ध दुर्गम टापु मरिसस कहिलेकाहीँ चक्रवातको मार्गमा पर्दछ ।

    जनवरीमा उष्णकटिबन्धीय आँधी बेलालले एक व्यक्तिको ज्यान लिएको थियो र हजारौँ मानिसलाई विद्युत्विहीन बनाएको थियो । भवनहरूमा पानी भरिएका थिए भने यातायात प्रभावित बनेको थियो ।

    प्रत्येक वर्ष नोभेम्बर–अप्रिलको मौसममा दक्षिण पश्चिम हिन्द महासागरमा करिब एक दर्जन आँधी वा चक्रवात आउँछन् ।

    गत वर्ष फेब्रुअरीमा मरिससमा चक्रवात फ्रेडीका कारण भीषण वर्षा र आँधी आउँदा मलावी, मोजाम्बिक र मडगास्करलगायत सम्पूर्ण दक्षिण–पूर्वी अफ्रिकामा मृत्यु र विनाशको लहर निम्त्याएको थियो ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend