Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

थाइल्यान्डमा वायु प्रदूषण बढैसँगै ९ हप्तामै १६ लाख बिरामी


२४, फागुन २०८०
  • 242
    SHARES
  • थाइल्यान्डमा वायु प्रदूषण बढैसँगै ९ हप्तामै १६ लाख बिरामी

    काठमाडौँ । थाइल्यान्डमा वायु प्रदूषणजन्य रोग बढ्न थालेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०२४ को शुरुवातमा प्रदूषणजन्य रोगका घटनामा वृद्धि भएको बीबीसीले जनाएको छ ।

    सन् २०२३ को पहिलो नौ हप्ताको तथ्याङ्कमा १३ लाख जना नागरिकले वायु प्रदूषणजन्य रोगको उपचार गराएकामा २०२४ को यही अवधिमा यो सङ्ख्या बढेर १६ लाख जना पुगेको छ ।

    समग्रमा सन् २०२३ मा थाइल्यान्डका एक करोड जनाभन्दा बढी नागरिकले वायु प्रदुषणसँग सम्बन्धित रोगको उपचार गराएका खबरमा उल्लेख छ ।

    थाइल्यान्डको जनसङ्ख्या झन्डै सात करोड २० लाख जना छ । त्यहाँको राष्ट्रिय आर्थिक तथा सामाजिक विकास परिषद्को तथ्याङ्कअनुसार थाइल्यान्डको वायुको गुणस्तर दिनप्रतिदिन बिग्रँदै गएको छ ।

    विशेषगरी उत्तरी थाइल्यान्डमा वर्षको शुरुदेखि फराकिला जग्गाजमिन र जङ्गलमा लागेको आगोका कारण हानिकारक धुवाँ निस्कन थालेको थियो ।

    वायु प्रदूषणका कारण थाइल्यान्डमा फोक्सोको क्यान्सर, ब्रोन्काइटिस, दम, र हृदय रोगजस्ता दीर्घकालीन रोगका बिरामी बढेका परिषद्को तथ्याङ्क छ ।

    थाइल्यान्डले सार्वजनिक स्वास्थ्यमा हावामा पाइने पीएम २ दशमलव ५ को नकारात्मक प्रभावलाई प्राथमिकतामा राखेर घटाउनुपर्ने परिषद्ले सुझाव दिएको छ ।

    पीएम २ दशमलव ५ ले साना तर खतरनाक धुलोका कणहरूको स्तरलाई बुझाउँछ जसले फोक्सोको माध्यमबाट रक्त प्रवाहमा प्रवेश गरेर विभिन्न रोग सङ्क्रमण गराउँछ । थाइल्यान्डका केही उत्तरी सहरहरूलाई वायुको गुणस्तर अनुगमन गर्ने निकायहरूले विश्वको सबैभन्दा प्रदूषित शहरहरूको रूपमा मापन गरेका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend