Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतमा आँधीका कारण नौ को मृत्यु


३१, जेठ २०८०
  • 114
    SHARES
  • भारतमा आँधीका कारण नौ को मृत्यु

    गुजरात । भारतमा आएको समुद्री चक्रवात बिपरजोय आँधीका कारण अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । गुजरात र मुम्बईमा नौ जनाको मृत्यु भएको हो । मंगलबारदेखि शुरु भएको आँधीबाट हुने मानवीय क्षति रोक्न ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ । 

    जसअनुसार मंगलबारसम्म ७ जिल्लाका ३७ हजारभन्दा बढी मानिसलाई राज्य सरकारले आश्रयस्थलमा पठाएको थियो। बिपरजोयको खतरालाई मध्यनजर गर्दै धेरै सरकारी निकायले गुजरातको सौराष्ट्र र कच्छको तटीय जिल्लामा ठूलो अलर्ट जारी गरेका छन् । बिहीबार साँझ जखाउमा १२५–१३५ किलोमिटर प्रतिघण्टा र १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।

    चक्रवाती आँधी बिपरजोय गुजरातको तटीय जिल्लातर्फ सर्दै गएको छ । जसकाकारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । आईएमडी प्रमुख मृत्युञ्जय महापात्राका अनुसार चक्रवातले कच्छ, देवभूमि द्वारका, जामनगर र पोरबन्दरका स्थानहरूमा अत्यन्त भारी वर्षा हुन सक्ने भएकाले सबै सुरक्षाका उपायहरु अपनाइएको छ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend