Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाजामा ‘तत्काल युद्धविराम’ का लागि प्रस्तावित मस्यौदा अमेरिकाद्वारा परिचालित


८, चैत २०८०
  • 145
    SHARES
  • गाजामा ‘तत्काल युद्धविराम’ का लागि प्रस्तावित मस्यौदा अमेरिकाद्वारा परिचालित

    जेद्दाह । गाजा क्षेत्रमा बन्धक बनाइएकाहरूको रिहाइसँग जोडिएको युद्धविरामको तत्काल माग गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावको मस्यौदा संयुक्त राज्य अमेरिकाले परिचालित गरेको विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताउनुभएको छ ।

    ब्लिन्केनले भन्नुभयो, “वास्तवमा हामीसँग एउटा प्रस्ताव छ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा बन्धकहरूको रिहाईसँग जोडिएको, तत्काल युद्धविरामको आह्वान गर्ने प्रस्ताव जुन हामीले अहिले नै अघि सारेका छौं र विश्व समुदायले यसलाई स्विकार गनेछन् भन्नेमा हामी आशावादी छौँ ।”

    इजरायल र हमासबीचको युद्धबारे छलफल गर्न साउदी अरबको भ्रमणका क्रममा बुधबार साँझ साउदी सञ्चारमाध्यम अल हदाथसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मलाई लाग्छ यसले कडा तथा सन्देशमुलक सङ्केत दिनेछ ।”

    इजरायलको मुख्य समर्थक संयुक्त राज्य अमेरिकाले यसअघि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को भिटो प्रयोग गरी प्यालेस्टिनी भूमिमा तत्काल युद्धविरामको आह्वान गर्न राष्ट्रसङ्घलाई रोकेको थियो ।

    उहाँले भन्नुभयो, “निःसन्देह, हामी आफ्नो रक्षा गर्ने इजरायलको अधिकारको साथमा छौँ । युद्धबाट हानि व्यहोरेका र धेरै पीडित प्यालेस्टिनीको समस्या समाधानमा हामी ध्यान केन्द्रित गर्दछौँ, उनीहरूलाई प्राथमिकता दिन्छौँ, नागरिकहरूको सुरक्षा गर्छौं, उनीहरूलाई मानवीय सहायता प्राप्त गर्छौं ।

    ब्लिन्केनले बुधबार साउदी अरब पुगे लगत्तै राजकुमार मोहम्मद बिन सलमानसँग वार्ता गर्नुभएको थियो। उहाँले साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फरहानसँग पनि भेटवार्ता गर्नुभएको थियो । बिहीबार इजिप्ट र त्यसपछि इजरायलमा पुगी उहाँले वार्तालाई जारी राख्ने बताइएको छ ।

    गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता मध्यपूर्वका लागि उहाँको यो छैटौं भ्रमण हो । ब्लिन्केनको यो भ्रमणको शिलशिला कतारमा भएको वार्तासँग मिल्दोजुल्दो छ । साउदी अरबमा युद्धविरामको लागि नयाँ प्रयासमा बुधबार तेस्रो दिन मध्यस्थहरूको बैठक भएको थियो तर सम्भावित सम्झौताको कुनै सङ्केत भने देखिएको छैन ।

    प्यालेस्टिनी कैँदीहरूका लागि बन्धकहरूको आदानप्रदान हुने र राहत सामग्रीहरूको वितरणलाई तीव्र पारिएको कतारमा भएको छलफलले लडाइँ रोक्ने अस्थायी योजनामा सहमति गरेको थियो ।

    अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजामा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्ध सुरु भएको थियो भने हमासको आक्रमणमा इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो ।

    लडाकूहरूले लगभग २५० बन्धकहरूलाई पनि कब्जामा लिएका थिए बन्धकमध्ये १३० जना गाजामा रहेको इजरायलको विश्वास छ र उनीहरूमध्ये ३३ जना मारिएका अनुमान गरिएको छ ।

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले हमासविरुद्ध प्रतिशोधात्मक आक्रमण गरेको छ जसमा करिब ३२ हजार मानिसको मृत्यु भएको छ र आक्रमणमा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend