Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

केजरीवालको घरमा ७० हजार भारु मात्रै भेटियो !


९, चैत २०८०
  • 136
    SHARES
  • केजरीवालको घरमा ७० हजार भारु मात्रै भेटियो !

    काठमाडौं - भारतको आम आदमी पार्टी (आप)ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घरमा कुनै प्रमाण नेभेटिएको दाबी गरेको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ ७ बजेतिर कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को १० सदस्यीय एक टिम 'सर्च वारेन्ट' बोकेर केजरीवालको निवासमा पुगेको थियो । त्यसपछि उनीसँग करिब दुई घण्टा सोधपुछ गरेको थियो ।

    सोधपुछपछि आपका अध्यक्षसमेत रहेका केजरिवाललाई करिब ९ बजेतिर पक्राउ गरिएको थियो । राति साढे ११ बजेतिर उनलाई ईडीको कार्यालयमा पुर्‍याइएको थियो ।

    दिल्ली सरकारका मन्त्री सौरव भारद्वाजले केजरिवालको घरबाट ७० हजार रुपैयाँ भारुमात्र भेटिएको दाबी गरेका छन् । उनले केजरीवालको फोन पनि जफत गरिएको बताए ।

    "ईडीले कुनै प्रमाण भेटाएको छैन । सम्पत्ति कागजात, अवैध पैसा केही पनि पनि भेटिएन," उनले भनेका छन् ।

    केजरीवाल पक्राउविरुद्ध आपले आज देशव्यापी प्रदर्शन गर्दै छ । आजै सर्वोच्च अदालतले केजरीवाल पक्राउ प्रकरणमा सुनुवाइ गर्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ । तर, आम आदमी पार्टीले भने केजरीवाललाई फसाउन खोजिएको बताउँदै आएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend