Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

केजरीवालले ईडीविरुद्ध सर्वोच्चमा दिएको निवेदन फिर्ता लिए


९, चैत २०८०
  • 129
    SHARES
  • केजरीवालले ईडीविरुद्ध सर्वोच्चमा दिएको निवेदन फिर्ता लिए

    काठमाडौं - भारतको दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवालले प्रवर्तन निर्देशनालय (ईडी)विरुद्ध सर्वोच्च अदालतमा जमानतका लागि पेस गरेको निवेदन फिर्ता लिएका छन् ।

    केजरीवाललाई बिहीबार राति उनकै निवासबाट पक्राउ गरिएको थियो । बिहीबार राति नै आम आदमी पार्टी सर्वोच्च अदालतमा पुगेको थियो । ईडीले केजरीवाललाई पक्राउ गरेको विषयमा राति नै सुनुवाइ होस् भन्ने माग पार्टीको थियो । केजरीवालका वकिल अभिषेक मनु सिंघवीले सर्वोच्चमा दिएको निवेदन फिर्ता लिने निर्णय गरेको बताएका हुन् ।

    तल्लो अदालतको सुनुवाइपछि मात्रै सर्वोच्चमा जानका लागि आपले उक्त निवेदन फिर्ता ल्याएको बताइएको छ । यसअघि सर्वोच्च अदालतले तल्लो अदालतलाई बाइपास गर्न नसकिने भन्दै तेलंगानाको भारत राष्ट्र समिति (बीआरएस) पार्टीका नेतृ के. कविताको जमानतको निवेदन खारेज गरेको थियो ।

    त्यसै कारण केजरीवालको टिमले पनि निवेदन फिर्ता लिएको ठानिएको छ । पक्राउ परेपछि पहिलो प्रतिक्रियामा केजरीवालले “भित्र वा बाहिर जहाँ भए पनि आफ्नो जिवन देशप्रति समर्पित” भएको भनेका छन् ।

    दिल्ली राउज एभिन्यू अदालतले केजरीवाललाई १० दिन हिरासतमा राख्न माग गर्दै ईडीले पेस गरेको निवेदनमा शुक्रबार नै आदेश दिने तयारी छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend