Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निजि क्षेत्रको राष्ट्र बैंकलाई सुझाव

नगद अनुपात, बैंक दर र नीतिगत दर बजारको आवश्यकता अनुसार घटाउनु


२१, असार २०८०
  • 120
    SHARES
  • नगद अनुपात, बैंक दर र नीतिगत दर  बजारको आवश्यकता अनुसार घटाउनु

    काठमाडौं । निजि क्षेत्रले अनिवार्य नगद अनुपात, बैंक दर र नीतिगत दर लगायत बजारको आवश्यकता अनुसार घटाउन राष्ट्र बैंकलाइ सुझाव दिएको छ । बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्शले संयुक्त रुपमा आयोजना गरेको आर्थिक बर्ष २०८०/८१ को पूर्व मौद्रीक नीति अन्तक्र्रिया कार्यक्रममा उनीहरुले बाह्य क्षेत्र संतुलनमा ल्याउन तरलता संकुचन हुने गरी परिवर्तन गरिएका विशेष गरी अनिवार्य नगद अनुपात, बैंक दर र नीतिगत दर लगायत बजारको आवश्यकता अनुसार घटाउनु उपयुक्त हुने सुझाव दिएको हो ।

    हाल २० प्रतिशत रहेको नेट लिक्युड एसेट्सलाई घटाई १५ प्रतिशत कायम गर्दा पनि जोखिम नबढ्ने उनीहरुको भनाइ छ । त्यस्तै उनीहरुले बचत निक्षेप र मुद्दती निक्षेप बीचको ब्याजदरको फरक पाँच प्रतिशत हुनुपर्ने व्यवस्था खारेज हुनुपर्ने,  मुद्दति निक्षेपको समयावधि अनुसार ब्याजदर फरक हुन सक्ने व्यवस्था गर्नु उपयुक्त हुने र समयावधि अनुसार नै मुद्यति निक्षेपको ब्याजदर तोक्न सकिने गरि नीतिगत परिमार्जन गर्नुपर्ने सुझाव दिएको छ ।

    मौद्रिक नीतिमा निजी क्षेत्रको परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने, कर्जाको ब्याजमा अति न्यून प्रिमियम लिनेव्यबस्था हुनुपर्ने, साना उद्यम व्यवसायलाई दिइने कर्जाकोसीमालाई बढाई न्युनतम पांच करोड रुपैयासम्म पु¥याउनुपर्ने लगाएतका सुझाव उनीहरुले दिएका छन् । मुल्यवृद्धि नियन्त्रण गर्न संकुचित मौद्रिक नीति आवश्यक रहेको र अर्काेतर्फ समग्र माग वृद्धि तथा रोजगारी सिर्जना गर्न खुकुलो मौद्रिक नीतिको खाँचोमा उनीहरुले जोड दिएका छन् ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजि क्षेत्रका सुझावहरुलाई आत्मसात गर्दै मुलुकको आर्थिक क्षेत्र सुधारका लागि आगामी मौद्रिक नीति केन्द्रीत हुने जानकारी दिए । त्यस्तै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्याजको बेस रेट घट्नुपर्ने, नेट लिक्युड एसेट्स घटाउनुपर्ने लगाएतका सुझाव दिइएको बताए । उनले निजि व्यवसायीहरुको समस्यालाई मौद्रीक नीतिमार्फत सम्बोधन गरे अर्थतन्त्रलाइ सहज रुपमा अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । 


    त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मौद्रिक नीतिमार्फत परम्परागत बैंकिङ प्रणालीमा संरचनागत सुधार गर्नुपर्नेमा जोड दिए । निजि क्षेत्रले सेयर धितो कर्जामा लगाइएको रु १२ करोडको सीमा पुनरावलोकन गर्नु आवश्यक रहेकोमा जोड दिएको छ । त्यस्तै विदेशबाट संस्थागत रुपमा वित्तिय संस्थाहरुले मात्र भित्राउन पाउने व्यवस्था भएकोमा अन्य व्यवसायीहरुले समेत कर्जा लिन पाउने व्यवस्था हुनुपर्ने, बैंक वित्तिय संस्था एवं निजी क्षेत्रले बाहिरको बैंक वित्तिय संस्थाबाट मात्रै लिन पाउने व्यवस्था पुनरावलोकन गरि अन्य वैधानिक स्रोतबाट रकम लिन पाउने व्यवस्था गर्नुपर्ने लगाएतका सुझाव उनीहरुले दिएका छन् 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend