Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : यी हुन महत्त्वपूर्ण निर्णय


१७, मंसिर २०८१
  • 119
    SHARES
  • लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : यी हुन महत्त्वपूर्ण निर्णय

    दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय राप्ती उपत्यका देउखुरीमा साेमवार बसेकाे छ ।

    बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेकाे छ । बैठकले यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार गर्ने निर्णय गरेकाे छ । याे निर्णय अनुसार अब काेहलपुरमा यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार हुने छ ।

    बैठकले पटके जाँचपास देखि राजश्व संकलनका लागि काेहलपुरमा यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिनुभयाे । 

    मुख्यमन्त्री चेतनारायण आचार्यकाे अध्यक्षतामा बसेकाे बैठकले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत रहेकाे यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार गर्ने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगत स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन दाेस्राे संशोधन कार्यविधि २०८१ स्वीकृत गरेकाे छ । 

    संशाेधित कार्यविधि अनुसार अब अवधि पुगेका र सम्पन्न भएका स्मार्ट कृषि गाउँकाे संरक्षण, सम्बर्द्धन र विकासका लागि स्थानीय सरकारकाे जिम्मेवारी भित्र पर्ने छ । प्रदेश, स्थानीय सरकार र किसानहरुकाे साझेदारीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको थियाे । यस्तै बैठकले सामाजिक विकास मन्त्रालय अन्तरगत बजेट तथा कार्यक्रमकाे व्यवस्थापन गर्ने निर्णय गरेकाे छ । 

    सामाजिक विकास मन्त्रालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गाभिएकाे थियाे भने सामाजिक विकास मन्त्रालयमा रहेकाे युवा तथा खेलकुदकाे जिम्मेवारी छुट्टै युवा तथा खेलकुद मन्त्रालय बनाइएकाे थियाे । जसले गर्दा मन्त्रीपरिषद् बैठकले बजेट तथा कार्यक्रमकाे व्यवस्थापन गर्ने निर्णय गरेकाे हाे ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend