Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुनको मूल्य इतिहासमै पहिलो पटक ४ हजार ४ सय अमेरिकी डलर पुग्यो


७, पुस २०८२
  • 175
    SHARES
  • सुनको मूल्य इतिहासमै पहिलो पटक ४ हजार ४ सय अमेरिकी डलर पुग्यो

    काठमाण्डाै – सुनको मूल्य इतिहासमै पहिलो पटक ४ हजार ४ सय अमेरिकी डलर पुगेको छ ।

    विश्वभर आर्थिक र राजनीतिक अनिश्चितताको कारणले गर्दा लगानीकर्ताहरूले आफ्नौ पैसा राख्न सुरक्षित ठाउँहरू खोजिरहेका बेला आज सुनको मूल्य प्रति औंस ४ हजार ४ सय डलरको कीर्तिमानी उच्चतम विन्दुमा पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    यस्तै चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदीको मूल्य प्रति औंस ६९ दशमलव ४४ डलरको कीर्तिमानी विन्दुमा पुगेको हो ।

    यो वर्षको शुरुआतमा प्रति औंस झन्डै २ हजार ६ सय २४ रहेको सुन डिसेम्बरको अन्त्यसम्ममा ४ हजार ४ सय डलरको कीर्तिमानी उच्चतम विन्दुमा पुगेको हो । यो वर्ष मात्रै सुनको मूल्य झन्डै ६८ प्रतिशतले बढेको छ ।

    यस्तै चाँदी प्रति औंस २९ बाट बढेर ६९ डलर पुगेको छ । यो वर्ष चाँदी १ सय ३३ प्रतिशतले बढेको हो । सुन र चाँदीको भाउ सन् १९७९ पछिको सबैभन्दा ठूलो वार्षिक वृद्धि हो ।

    परम्परागत रूपमा सुरक्षित सम्पत्तिका रूपमा हेरिएको सुनलाई बढेको भूराजनीतिक र व्यापारिक तनाव, अमेरिकी केन्द्रीय बैंकको अर्को वर्ष कम ब्याजदरको अपेक्षाले पनि सघाइरहेको खबरमा उल्लेख छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend