आज तामु ल्होसार पर्वको अवसरमा नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा कारोबार बन्द रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज का अनुसार सार्वजनिक बिदा परेकाले सेयर किनबेच, क्लियरिङ तथा सेटलमेन्टसम्बन्धी सबै गतिविधि आजका लागि स्थगित गरिएको छ। नियमित कारोबार भोलिदेखि पुनः सुरु हुनेछ ।