Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पेट्रोल र डिजेलमा भारी मूल्य वृद्धि गर्दा निगमले दियो यस्तो प्रस्टीकरण


२, चैत २०८२
  • 109
    SHARES
  • पेट्रोल र डिजेलमा भारी मूल्य वृद्धि गर्दा निगमले दियो यस्तो प्रस्टीकरण

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। बढेको मूल्य गएराति १२ बजेदेखि नै कार्यान्वयनमा आइसकेको छ।

    अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपरेको प्रष्टीकरण निगमले दिएको छ।

    निगमका अनुसार पेट्रोलमा १५ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। खाना पकाउने ग्यासको मूल्य भने यथावत नै छ। 

    निगमका अनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य भारी वृद्धि भएर आए पनि नेपालमा नबढाइएकाे हो। खाना पकाउने ग्यास प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि बढाइएको छैन।

    अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार हाल पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य वृद्धि नगरेर थोरै मात्र वृद्धि गरिएको निगमले जनाएको छ। 

    निगमका अनुसार बढेर आएको मूल्यअनुसार नेपालमा पेट्रोलको मूल्य वृद्धि गरिएको भए प्रतिलिटर ३१ रुपैयाँ बढाउनु पर्ने थियो। त्यसैगरि डिजेलको मूल्य प्रतिलिटर ५४ रुपैयाँ बढाउनु पर्ने थियो। डिजेमा बढेर आएको भन्दा ४४ रुपैयाँ कम मूल्य वृद्धि गरिएको हो।

    निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ। 

    त्यसैगरि दोस्रो वर्गमा पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजेल र मट्टीतेलको मूल्य १५१ पुगेको छ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई भने पहिलो वर्गमा राखेको छ। 

    यी ठाउँमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु पर्नाको कारणबारे निगमले विज्ञप्ति जारी गरेर लामो प्रष्टीकरण दिएको छ। 

    हेर्नुहोस् निगमको विज्ञप्ति

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend