Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर बजारमा, कुन कम्पनीले कति पठाए ? (सूचीसहित)


३, चैत २०८२
  • 101
    SHARES
  • एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर बजारमा, कुन कम्पनीले कति पठाए ? (सूचीसहित)

    काठमाडौं । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति व्यवस्था सहज हुँदै गएको छ ।

    निगमका अनुसार आज उपत्यकाका विभिन्न २४ वटा ग्यास बोटलिङ प्लान्टहरूले कुल ४५ हजार ८८८ वटा सिलिन्डर बजारमा पठाएका छन् । यो सङ्ख्या उपत्यकाको सामान्य दैनिक मागको तुलनामा करिब १० प्रतिशतले बढी हो ।

    आपूर्ति प्रणालीमा सबैभन्दा ठूलो हिस्सा नेपाल ग्यास उद्योगले ओगटेको छ । बालाजुमा रहेको यस उद्योगले १० हजार ३० वटा सिलिन्डर बजारमा पठाएको छ । यस्तै, श्री ग्यास उद्योगले ४ हजार ४९८, एभरेष्ट ग्यासले ४ हजार २६ र सीता श्री ग्यासले ३ हजार ४२२ वटा सिलिन्डर बजारमा पठाएका छन् ।

    अन्य उद्योगहरू मध्ये सगरमाथा ग्यासले ३ हजार २१७, सूर्य ग्यासले २ हजार ६६१ र उग्रचण्डी ग्यासले ३ हजार ४२२ वटा सिलिन्डर वितरण गरेका छन् । त्यसै गरी सुगम ग्यासले २ हजार ८२०, मेट्रो काठमाडौंले २ हजार ४४८, ओम ग्यासले १ हजार ८१५ र श्रीकृष्ण ग्यासले १ हजार ८१० थान सिलिन्डर बजारमा पठाएका छन् ।

    हिमालय पेट्रो केमिकल्सले ३ हजार १०४ र साई बाबा ग्यासले २ हजार ४५० वटा सिलिन्डर आपूर्ति गरेका छन् । भने भानु ग्यासले ९५५ र गीता ग्यासले ५७४ वटा सिलिन्डर बजारमा पठाएका छन् । बाबा ग्यास, गौरी शंकर, केब्सन्स र मनोज ग्यासले पनि बजारमा ग्यास पठाएका छन् । हाल सबै ग्यास उद्योगहरूले सरकारको निर्देशन अनुसार आधा (७.१ केजी) मात्रै ग्यास भरेर बजारमा पठाइरहेका छन् ।

    दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा पठाइएकाले उपभोक्तामा हुनसक्ने अभावको समस्या हटेर जाने विश्वास गरिएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend