Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेयर बजार ८३ अङ्कले बढेर २ हजार ७६० विन्दुमा


२३, चैत २०८२
  • 66
    SHARES
  • शेयर बजार ८३ अङ्कले बढेर २ हजार ७६० विन्दुमा

    काठमाण्डाै – हिजो १०५ अङ्कले घटेको शेयर बजार आज ८३ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८३ दशमलव ३३ अङ्कले बढेर २ हजार ७६० दशमलव ०२ विन्दुमा पुगेको छ ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार शेयर बजारप्रति उदार रहेको बताएपछि बजारमा सकारात्मक प्रभाव परेको हो । अर्थमन्त्री वाग्लले आज स्टक ब्रोकर एशोसिएसन लगायतसँग शेयर बजारको बारेमा छलफल गर्नुभएको थियो ।

    आज सबै समूहको सूचक बढेकोमा फाइनान्स र जलविद्युत् समूहको सूचक ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । यस्तै बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी समूहको उपसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज २६४ वटा कम्पनीको शेयर बढेकोमा ३ वटाको घटेको छ । यस्तै सृजनशील लघुवित्तको शेयर भने घटबढ भएको छैन ।

    आज उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर, नेपाल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इनको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन लक्ष्मी बैंकको डिबेन्चर २०८८ सबैभन्दा धेरै ३ दशमलव १० प्रतिशतले घटेको छ ।

    आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १२ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३४५ वटा कम्पनीका २ करोड ५१ लाख कित्ता शेयर १० अर्ब ९२ करोड रुपैयाँमा किनबेच भएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend