Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेयर बजार ४५ अङ्कले बढेर २ हजार ८०० विन्दुमाथि उक्लियो


२५, चैत २०८२
  • 123
    SHARES
  • शेयर बजार ४५ अङ्कले बढेर २ हजार ८०० विन्दुमाथि उक्लियो

    काठमाण्डाै – हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ४५ दशमलव १२ अङ्कले बढेर २ हजार ८०२ दशमलव ५२ विन्दुमा पुगेको छ ।

    आज सबै समूहको सूचक बढेकोमा उत्पादन समूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ८७ प्रतिशतले उकालो लागेको छ । यस्तै होटल तथा पर्यटन, जलविद्युत् समूहको सूचक साढे २ प्रतिशतले बढेको छ ।

    आज २५१ वटा कम्पनीको शेयर बढेकोमा १५ वटाको घटेको छ । यस्तै आशा लघुवित्त र मेन्छियाम हाइड्रोपावरको शेयर घटबढ भएको छैन ।

    आज रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन श्वेत गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शनको शेयर सबैभन्दा धेरै ४ दशमलव ३५ प्रतिशतले घटेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३४६ वटा कम्पनीका १ करोड ८८ लाख कित्ता शेयर ८ अर्ब ३१ करोड रुपैयाँमा किनबेच भएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend