Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेयर बजार २ दिनमा ९३ अङ्कले बढ्यो


२६, चैत २०८२
  • 84
    SHARES
  • शेयर बजार २ दिनमा ९३ अङ्कले बढ्यो

    काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४८ दशमलव ७१ अङ्कले बढेर २ हजार ८५१ दशमलव २४ विन्दुमा बढेको छ । हिजो नेप्से ४५ अङ्कले बढेको थियो । दुई दिनमा नेप्से ९३ अङ्कले बढेको छ ।

    आज सबै समूहको सूचक बढेकोमा अन्य समूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ४३ प्रतिशतले उकालो लागेको छ । यस्तै होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन समूहको सूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज २५१ वटा कम्पनीको शेयर बढेकोमा १६ वटाको घटेको छ । यस्तै इस्टर्न हाइड्रोपावरको शेयर भने घटबढ भएको छैन ।

    आज आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इजर्नी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर १० प्रतिशतले बढेको छ ।

    समग्रमा बजार बढेको दिन एनआईसी एशिया ब्यालेन्स फन्डको शेयर सबैभन्दा धेरै ६ दशमलव ७४ प्रतिशतले घटेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ३३८ वटा कम्पनीका २ करोड ७९ लाख कित्ता शेयर ९ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend