Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेयर बजार ७.७३ अङ्कले बढ्याे, काराेबार रकम ५ अर्ब पनि पुगेन


१४, वैशाख २०८३
  • 84
    SHARES
  • शेयर बजार ७.७३ अङ्कले बढ्याे, काराेबार रकम ५ अर्ब पनि पुगेन

    काठमाण्डाै – हप्ताको पहिलो कारोबार दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ७३ अङ्कले बढेर २ हजार ७९६ दशमलव ४३ विन्दुमा पुगेको छ ।

    आज जलविद्युत्, लगानी, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको सूचक बढेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक डेढ प्रतिशतले उकालो लागेको छ । आज १५८ वटा कम्पनीको शेयर बढेकोमा १०१ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

    आज कर्पाेरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट, शिखर पावर र सिटी होटलको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन निफ्रा ग्रीन इनर्जी डिबेन्चर २०८८÷८९ को शेयर सबैभन्दा धेरै १४ प्रतिशतले घटेको छ ।

    आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गएको शुक्रवार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ३५१ वटा कम्पनीका १ करोड ९ लाख कित्ता शेयर ४ अर्ब ७४ करोड रुपैयाँमा किनबेच भएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend