Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन


२३, वैशाख २०८३
  • 93
    SHARES
  • नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन

    काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घमा नयाँ कार्यसमिति चयन भएको छ । महासङ्घको विधान अनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नुभएको छ । उहाँ चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

    वरिष्ठ उपाध्यक्ष स्वतः अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यस पटक नै अन्तिम हो । महासङ्घको वर्तमान विधान अनुसार आउँदो महाधिवेशनमा अध्यक्ष पदका लागि चुनाव हुनेछ । अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्षको हुनेछ ।

    यस्तै अस्ति सोमवारदेखि शुरू भएको महासङ्घको ६०औँ साधारणसभा तथा चुनावबाट नयाँ कार्यसमिति चयन भएको छ । महासङ्घको जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फका दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी हुनुभयो ।

    यस्तै वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजङ्ग पाण्डे विजयी हुनुभयो ।

    यस्तै जिल्ला, नगर उद्योग वाणिज्य सङ्घतर्फ कार्यसमिति सदस्यमा १५ जना निर्वाचित भएका छन् ।

    प्रदेशतर्फ जिल्ला/नगर उद्योग वाणिज्य समूहबाट कार्यसमिति सदस्यमा १४ जना निर्वाचित भएका छन् ।

    वस्तुगत समूहतर्फ कार्यसमिति सदस्यमा १३ जना निर्वाचित भएका छन् ।

    एसोसिएटतर्फ कार्यसमिति सदस्य १७ जना निर्वाचित भएका छन् ।

    द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घबाट एक कार्यसमिति सदस्य र संस्थापक सदस्य समूहबाट दुई कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend