Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१५ काराेबार दिनपछि दाेहाेराे अङ्कले बढ्याे नेप्से, शेयर बजार २ हजार ७४५ विन्दुमा


२५, वैशाख २०८३
  • 87
    SHARES
  • १५ काराेबार दिनपछि दाेहाेराे अङ्कले बढ्याे नेप्से, शेयर बजार २ हजार ७४५ विन्दुमा

    काठमाण्डाै – हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ४९ अङ्कले बढेर २ हजार ७४५ दशमलव ६५ विन्दुमा पुगेको छ ।

    नेप्से १५ कारोबार दिनपछि दोहोरो अङ्कले बढेको हो । यसअघि वैशाख २ गते नेप्से ३३ अङ्कले बढेको थियो ।

    आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढेको छ । आज फाइनान्स, जलविद्युत्, निर्जीवन बीमा समूहको सूचक डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

    आज २३५ वटा कम्पनीको शेयर बढेकोमा २६ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

    आज त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन स्वावलम्बन लघुवित्तको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३३५ वटा कम्पनीका ७४ लाख ७८ हजार कित्ता शेयर ३ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend