Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आगामी बजेटका लागि सुझाव दिन सरकारको आह्वान, यसरी दिनुहोस् सुझाव


२७, वैशाख २०८३
  • 124
    SHARES
  • आगामी बजेटका लागि सुझाव दिन सरकारको आह्वान, यसरी दिनुहोस् सुझाव

    काठमाडाैं । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई थप जनमुखी, पारदर्शी र सहभागितामूलक बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ।

    नागरिकको राय र विज्ञतालाई नीति निर्माणको तहमा समेट्न सरकारले यो नयाँ डिजिटल प्रणालीको सुरुवात गरेको हो।

    प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार पोर्टलमार्फत स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ, नीति विश्लेषक र सरोकारवालाहरूले आफ्ना राय, सुझाव र अवधारणा सिधै सरकारसमक्ष पेस गर्न सक्नेछन्।

    सरकारले जनसहभागितालाई प्राथमिकता दिँदै सुझाव सङ्कलनका लागि छुट्टै प्लेटफर्म तयार पारेको उनले बताए।

    बजेट र नीति निर्माणको प्रक्रियालाई थप समावेशी बनाउन यो पोर्टलले सेतुको काम गर्ने सरकारको अपेक्षा छ। पोर्टलमा प्राप्त भएका सान्दर्भिक सुझावहरूलाई अध्ययन गरी आगामी नीति तथा कार्यक्रममा उचित स्थान दिइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    इच्छुक सरोकारवाला र नागरिकले सरकारको आधिकारिक पोर्टल https://suggestions.opmcm.gov.np/ मार्फत् आफ्ना अवधारणा र सुझावहरू दर्ता गराउन सक्नेछन्।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend