Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेप्सेमा उच्च अंकको गिरावट, ४ अर्ब ६६ करोडमाथिको कारोबार


२९, वैशाख २०८३
  • 95
    SHARES
  • नेप्सेमा उच्च अंकको गिरावट, ४ अर्ब ६६ करोडमाथिको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन उच्च अंकले बढेको सेयर बजार परिसूचक नेप्से दोस्रो कारोबार दिन मंगलबार उच्च अंकले घटेको छ ।

    मंगलबार नेप्से परिसूचक ३९.४४ अंक (१.४१ प्रतिशत) ले घटेर २,७४४.४० विन्दुमा पुगेर बजार बन्द भएको छ । जबकी हिजो नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) ले बढेर २,७८३.८५ विन्दुमा पुगेर बजार बन्द भएको थियो ।

    आज बजारमा कुल ३३८ कम्पनीका १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर ६२ हजार ५१२ पटकको कारोबार मार्फत खरिदबिक्री भएका छन् । जसअनुसार कुल ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    मंगलबार कारोबार भएका कम्पनीहरूमध्ये १३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २५१ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    यस्तै, सर्वाधिक नाफा कमाउने पहिलो कम्पनीमा धौलागिरी लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यसैगरी बढी कमाउने कम्पनीमा क्रमशः १०.७५ प्रतिशतको एसबीएल डिवेञ्चर २०८९, एनआईएमबीएल समृद्धि फण्ड २, ७ प्रतिशत एनआईसी एशिया डिवेञ्चर २०९१, ७ प्रतिशत नेपाल एसबीआई बैंक डिवेञ्चर २०९० रहेको छ ।

    अर्कोतर्फ, आज सर्वाधिक गुमाउने ५ कम्पनीमा फस्ट माइक्रोफाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, झापा ईनर्जी, आत्मनिर्भर लघुवित्त र होटल फरेस्ट रहेका छन् ।

    आज म्यूचुअल फण्डबाहेकका सबै उप समूहको सेयर घटेको नेप्सेको तथ्यांकले देखाएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend