Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो


३१, वैशाख २०८३
  • 113
    SHARES
  • मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो

    काठमाडौं– जेठ महिनाका लागि वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा थप गिरावट आएको छ ।

    बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनाका लागि ८ वटा बैंकले ब्याजदर कटौती गरेका छन् भने १२ वटा बैंकले स्थिर राखेका छन् ।

    तथ्यांक अनुसार वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाखमा ४.४२ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ०.०७ प्रतिशतले घटेर ४.३४ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि वैशाखको ३.२३ प्रतिशतबाट ०.०३ प्रतिशतले घटेर जेठमा ३.२० प्रतिशत कायम भएको छ ।

    जेठ महिनाका लागि ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, कुमारी, सिटिजन्स, एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एसिया बैंक रहेका छन् ।

    जसमध्ये व्यक्तिगत नेपाल बैंक, एनएमबि, हिमालयन, राष्ट्रिय वाणिज्य, स्टान्र्डर्ड चाटर्ड, एनआईसी एसिया र कुमारी बैंकले क्रमशः ०.२५, ०.२०, ०.२५, ०.२५, ०.१०, ०.२५ र ०.०९ प्रतिशतले ब्याजदर घटाएका छन् ।

    त्यस्तै, संस्थागत निक्षेपतर्फ कुमारी, सिटिजन्स, स्टान्र्डर्ड चाटर्ड, एनआईसी एसिया बैंकले ब्याजदर घटाएका छन् । जसमा कुमारी, सिटिजन्स, स्टान्र्डर्ड चाटर्ड, एनआईसी एसिया बैंकले क्रमशः ०.४९, ०.५०, ०.२७ र ०.२५ प्रतिशत ब्याजदर घटाएका छन् । बाँकी अन्य बैंकहरूको संस्थागत ब्याजदरमा भने कुनै परिवर्तन गरिएको छैन ।

    १२ वटा बैंकहरूले भने जेठ महिनाका लागि आफ्नो ब्याजदर स्थिर राखेका छन् । कृषि विकास, एभरेष्ट, नेपाल एसबिआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, प्राइम, प्रभु, माछापुच्छ्रे सिद्धार्थ, नबिल, सानिमा र एनआईएमबि बैंकले वैशाख महिनाकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन् ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend