Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतमा पेट्रोल र डिजेलकाे मूल्य प्रतिलिटर ३ रूपैयाँले बढ्याे, अझै बढ्न सक्ने


१, जेठ २०८३
  • 106
    SHARES
  • भारतमा पेट्रोल र डिजेलकाे मूल्य प्रतिलिटर ३ रूपैयाँले बढ्याे, अझै बढ्न सक्ने

    एजेन्सी । भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले बढेकाे छ ।

    साेही मूल्यबढेसँगै अब दिल्लीमा पेट्रोल प्रतिलिटर ९७ दशमलव ७७ भारतीय रुपैयाँ पुगेको हाे । त्यसैगरी, डिजेलको मूल्य पनि प्रतिलिटर ८७ दशमलव ६७ रुपैयाँबाट बढेर ९० दशमलव ६७ रुपैयाँ भारु पुगेको छ । यो नयाँ दर शुक्रबारदेखि लागू भएको हाे ।

    मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्यमा आएको उतारचढावलाई मानिएको छ । इरान र अमेरिकाबिचको तनाव बढ्नुअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलर हाराहारीमा थियो । जुन अहिले बढेर १ सय डलर पार गरिसकेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएपछि तेल कम्पनीहरू ठूलो दबाबमा परेका छन् । कम्पनीहरूले आफ्नो घाटा पूर्ति गर्न मूल्यवृद्धिको कदम चालेका हुन् । यदि कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रहिरह्यो भने आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएकाे छ

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend