Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शुक्रबार नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने ३ अर्ब ९ करोडमा खुम्चियो


१, जेठ २०८३
  • 187
    SHARES
  • शुक्रबार नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने ३ अर्ब ९ करोडमा खुम्चियो

    काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन सेन्सेटिभ इण्डेक्स ०.३४ अंक, फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले बढेका छन्। परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। बिहीबार ३ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ३३८ कम्पनीको ४३ हजार ६७४ पटकको कारोबारमा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँ बराबरको ७९ लाख ३४ हजार कित्ता शेयर मात्र किनबेच भएको छ।

    यस दिन ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ७.७१ प्रतिशतले बढेको छ भने मोदी इनर्जीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। अन्य बढेका स्टकहरूको वृद्धिदर साढे ३ प्रतिशतभन्दा कमै सीमित रह्यो। उता युनियन हाइड्रोपावरको शेयरमूल्यमा भने सर्वाधिक १४.७९ प्रतिशतको गिरावट आएको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य पनि करिब ६ प्रतिशतले घटेको छ।

    बजारमा सर्वाधिक गुमाए पनि कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर नै शीर्ष स्थानमा रह्यो, जसको ३० करोड ६६ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो। यस्तै, अपि पावर कम्पनीको साढे ११ करोड र रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सामूहिक सूचकतरफ हेर्दा १३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापारसहित ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचकमा गिरावट देखिएको छ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend