काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२.०८ रुपैयाँ र बिक्रीदर १५२.६८ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७७.०९ रुपैयाँ र बिक्रीदर १७७.७९ रुपैयाँ तथा बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०५.२४ रुपैयाँ र बिक्रीदर २०६.०५ रुपैयाँ तोकिएको छ।
खाडी मुलुककातर्फ कतारी रियालको बिक्रीदर ४१.८८ रुपैयाँ, साउदी रियालको ४०.६९ रुपैयाँ र यूएई दिरामको ४१.५७ रुपैयाँ कायम हुँदा मलेसियन रिङ्गेट एकको बिक्रीदर ३८.६३ रुपैयाँ निर्धारण गरिएको छ। यसैगरी, सबैभन्दा महँगो मुद्रा कुवेती दिनार एकको खरिददर ४९५.८६ रुपैयाँ र बिक्रीदर ४९७.८२ रुपैयाँ तोकिएको छ भने भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ।