Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सार्वजनिक सवारी साधनको वार्षिक आयकरमा भारी वृद्धि, सञ्चालन लागत बढ्ने


१७, जेठ २०८३
  • 61
    SHARES
  • सार्वजनिक सवारी साधनको वार्षिक आयकरमा भारी वृद्धि, सञ्चालन लागत बढ्ने

    काठमाडौं । सरकारले व्यावसायिक तथा भाडाका सार्वजनिक सवारी साधनहरूको वार्षिक आयकरको दरमा भारी वृद्धि गरेको छ। यातायात व्यवस्था कार्यालयमार्फत सवारी साधन दर्ता वा नवीकरण गर्दा गाडी धनीले अनिवार्य बुझाउनुपर्ने करको दर परिमार्जन भएसँगै अब सानादेखि ठूला र विद्युतीय सवारी साधनको सञ्चालन लागत महँगो हुने भएको हो। नयाँ व्यवस्थाअनुसार सवारी साधनको वर्गीकरण र क्षमताका आधारमा वार्षिक करमा १ हजार रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म वृद्धि गरिएको छ।

    परिमार्जित दररेट अनुसार १३०० सीसीसम्मका कार, जिप, भ्यान र माइक्रो बसको वार्षिक कर ५ हजार ५ सयबाट बढेर ६ हजार ५ सय रुपैयाँ पुगेको छ भने ४००० सीसीभन्दा माथिका ठूला सवारीले अब ११ हजार रुपैयाँ तिर्नुपर्नेछ। मध्यम तथा ठूला व्यावसायिक सवारीतर्फ मिनी ट्रक र मिनी बसको कर ९ हजार ५ सय तथा ठूला ट्रक र बसको कर १२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। त्यस्तै, हेभी मेसिनरी उपकरण, तेल ट्यांकर र ग्यास बुलेटको कर सबैभन्दा बढी १७ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ भने विद्युतीय सवारी साधनका लागि क्षमताअनुसार ४ हजारदेखि ९ हजार ५ सय रुपैयाँसम्मको नयाँ कर निर्धारण गरिएको छ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend