Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बजेटमार्फत भन्सार महसुल दोब्बर बनाएसँगै सुनको मूल्यमा एकैदिन २० हजार ५०० रुपैयाँको ऐतिहासिक वृद्धि


१७, जेठ २०८३
  • 117
    SHARES
  • बजेटमार्फत भन्सार महसुल दोब्बर बनाएसँगै सुनको मूल्यमा एकैदिन २० हजार ५०० रुपैयाँको ऐतिहासिक वृद्धि

    काठमाडौँ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सुनको भन्सार दर बढाएपछि नेपाली बजारमा सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एकैदिन सुनको मूल्यमा प्रतितोला २० हजार ५०० रुपैयाँको भारी वृद्धि भई ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सरकारले नयाँ बजेटमार्फत यसअघि कायम रहेको १० प्रतिशत भन्सार महसुल दरलाई शतप्रतिशतले बढाएर २० प्रतिशत पुर्‍याएसँगै बजारमा यसको प्रत्यक्ष असर देखिएको हो र सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो।

    सुनसँगै आइतबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। नयाँ मूल्य दर अनुसार चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकी गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा खरिदबिक्री भएको थियो। सरकारको भन्सार नीतिमा आएको यो ठुलो परिवर्तनले गर्दा समग्र गहना व्यवसाय र उपभोक्ता दुवैलाई प्रत्यक्ष प्रभाव पारेको छ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend