Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड


२४, जेठ २०८३
  • 82
    SHARES
  • विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

    बर्दिबास, महोत्तरी । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्ने बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सको आयोजनामा “नेपालको वर्तमान उद्योग, व्यापार तथा अन्तर्राष्ट्रिय बजारसँगको समन्वय ः अवस्था, अवसर, चुनौती र भावी मार्गचित्र” विषयक अन्तरक्रिया कार्यक्रम तथा प्रमाणपत्र वितरण समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन ।

    उनले आर्थिक, धार्मिक एवं सांस्कृतिक महत्वका दृष्टिले जनकपुर एवं बर्दिवास क्षेत्र देशको महत्वपूर्ण क्षेत्र मध्येको एक रहेको उल्लेख गर्दै चारै दिशाबाट सडक संजालमार्फत जोडिएकाले यस क्षेत्र केवल भौगोलिक रूपमा मात्र नभई विकासका दृष्टिले पनि संभावनायुक्त रहेको उल्लेख गरे । उनले जानकी मन्दिरको धार्मिक महत्व बारे प्रकाश पार्दै ठूलो संख्यामा आन्तरिक तथा बाह्य यात्रुहरूको आगमन हुने गरेकोे बताए । यसले स्थानीय अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा चलायमान बनाइरहेको उनको भनाइ छ । यसैगरी, उनले यी क्षेत्रहरूको आर्थिक आधार मुख्य रूपमा व्यापार, उद्योग र कृषिमा आधारित रहेको उल्लेख गरे । यी तीन क्षेत्रले स्थानीय रोजगारी र समग्र आर्थिक गतिविधिलाई बलियो आधार प्रदान गरिरहेको उनले जनाए ।

    उनले भारत, चीन, भियतनाम लगायत विभिन्न देशहरूबाट सामानहरु आयात गरी होलसेल व्यापार तथा पर्यटन आकर्षणका कार्यक्रममा सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

    श्रेष्ठले स्थानीय उत्पादनको प्रवद्र्धन, निर्यात अभिवृद्धि, लगानीमैत्री वातावरणको विकास र उद्यमशीलताको विस्तारमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताए । “नेपालको उद्योग–व्यापार क्षेत्रलाई विश्व बजारसँग प्रभावकारी रूपमा जोड्न निजी क्षेत्रको भूमिका अझ सशक्त र गतिशील हुनुपर्छ, आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्र नै हो र यसको सशक्तिकरण बिना दिगो समृद्धि सम्भव छैन” उनले भने “जहाँ उत्पादन बलियो हुन्छ, त्यहाँ अर्थतन्त्र स्वतः बलियो हुन्छ ।”

    सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठले नेपालको सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न “थिंक ग्लोबल, एक्ट लोकल” को अवधारणालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै निजी क्षेत्र, सरकार र नीतिगत संयन्त्रबीच संयोजन अपरिहार्य रहेको समेत उल्लेख गरे ।

    कार्यक्रममा महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधिर अग्रवालले जिल्लाका उद्योगी व्यवसायीहरूको हित संरक्षण, व्यवसायिक वातावरण सुधार तथा स्थानीय आर्थिक गतिविधि सुदृढीकरणका लागि चेम्बर निरन्तर सक्रिय रहेको बताए । उनले सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य विस्तार गरी उद्योग, व्यापार र रोजगारीका अवसरहरू वृद्धि गर्न सकिने उल्लेख गरे ।

    सो अवसरमा महोत्तरी चेम्बर अफ कमर्सका कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरियो । साथै, जिल्लाका उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको सहभागितामा वर्तमान आर्थिक अवस्था, अन्तर्राष्ट्रिय बजारसँगको समन्वय, लगानीका सम्भावना, व्यवसायिक चुनौती तथा भविष्यका अवसरहरूबारे गहन छलफल गरियो ।

    कार्यक्रममा सहभागी व्यवसायीहरूले स्थानीय उद्योग प्रवद्र्धन, व्यवसायमैत्री नीति निर्माण, सहज बैंकिङ पहुँच, कर प्रणालीमा सुधार तथा औद्योगिक पूर्वाधार विकासमा सरकारको ध्यान आवश्यक रहेको सुझाव दिए । कार्यक्रमले स्थानीय व्यवसायीहरूलाई आर्थिक अवस्था र अन्तर्राष्ट्रिय व्यापारिक प्रवृत्तिबारे महत्वपूर्ण जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गरेको सहभागीहरूले जनाए ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend