Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पेट्रोल, डिजेल-मट्टितेल-हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घट्याे (विज्ञप्तिसहित)


१७, असार २०८३
  • 109
    SHARES
  • पेट्रोल, डिजेल-मट्टितेल-हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घट्याे (विज्ञप्तिसहित)

    काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो ।

    निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँले घटाउने निर्णय गरेको छ ।

    योसँगै पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी-वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ९४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल १ सय ९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत-दाङमा पेट्रोल प्रतिलिटर १ सय ९६ रुपैयाँ, डिजेल, मट्टितेल १ सय ९४ रुपैयाँ , तेस्रो वर्ग काठमाडाैं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ९५ रुपैयाँ कायम गरिएकाे हाे ।

    आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको छ । त्यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक सय रुपैयाँ घटाइएको हाे ।

    खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रतिसिलिन्डर अर्थात् १४ दशमलव २ किलोको २ हजार ६० रुपैयाँ पर्ने भएकाे छ। यसअघि ग्यासको मूल्य दुई हजार एक सय ६० रुपैयाँ रहेको थियो । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय २९ रुपैयाँ कायम गरिएकाे निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे हाे।

    अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य काठमाण्डौका लागि प्रतिकिलोलिटर दुई सय ६५ अमेरिकी डलरले घटाएर एक हजार ५ सय ६६ डलर कायम गरिएको छ । पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ‘ब्रेकइभन पोइन्ट’ (नाफा घाटा नहुने बिन्दु) मा बिक्री मूल्य कायम गरेको जनाएको हाे ।

    जस अनुसार अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पोखरामा एक हजार एक सय डलर र भैरहवामा एक हजार ८५ डलर तोकिएको छ । 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend