Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने


२२, असार २०८३
  • 68
    SHARES
  • नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने

    काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बिच २२ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच दुई छुट्टाछुट्टै आयोजनाका लागि उक्त ऋण सम्झौतामा हस्ताक्षर भएको हो । 

    एडीबीका अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणको अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अध्यक्ष कान्डाको उपस्थितिमा सो सम्झौता भएको अर्थमन्त्रालयले जनाएको छ । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन् । 

    सरकारले यो ऋण सहयोगबाट भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ । जोखिममा आधारित जाँचपास र सरल प्रक्रियामार्फत व्यापार लागत घटाउने तथा सीमापार व्यापारलाई थप व्यवस्थित र अनुमानयोग्य बनाउन यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । यसबाट स्वदेशमा रोजगारी सिर्जना र क्षेत्रीय मूल्य श्रृङ्खलामा नेपालको पहुँच बढ्ने विश्वास लिइएको छ । 

    हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंकले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरे । उनले आगामी दिनमा यो साझेदारी अझ बलियो हुने विश्वास व्यक्त गरे ।

    त्यस्तै, एडीबीका अध्यक्ष मासातो कान्डाले नेपालसँगको ६ दशक लामो सहकार्यलाई निरन्तरता दिँदै नेपालका विद्यमान आन्तरिक चुनौतीहरूको सामना गर्न र विकासका प्राथमिकताहरूमा सहयोग गर्न एडीबी सधैं तयार रहेको प्रतिबद्धता जनाए । 

    कुन कुन आयोजनामा कति लगानी ? 

    सम्झौता अनुसार कुल रकममध्ये ११ करोड ५० लाख अमेरिकी डलर एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’ का लागि खर्च गरिनेछ । यो आयोजना मुख्यतया साना तथा मझौला सहरहरूको खानेपानी पूर्वाधार निर्माण र ढल व्यवस्थापनमा केन्द्रित हुनेछ । यसबाट १३ जिल्लाका करिब ८ लाख ५० हजार जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ । 

    त्यसैगरी, बाँकी ५ करोड अमेरिकी डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति संयन्त्र सुधार कार्यक्रमअन्तर्गत खर्च गरिनेछ । यो रकम नेपालको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्न, व्यापार सहजीकरण गर्न र आपूर्ति श्रृङ्खलाको क्षमता अभिवृद्धि गर्न उपयोग गरिनेछ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend