Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निजी क्षेत्रकाे कर्जा ११ प्रतिशत पुर्‍याउने लक्ष्यसहित माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)


२३, असार २०८३
  • 63
    SHARES
  • निजी क्षेत्रकाे कर्जा ११ प्रतिशत पुर्‍याउने लक्ष्यसहित माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

    गभर्नर डा. विश्वनाथ पौडेलले आज सार्वजनिक गर्नुभएको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ । यस्तै मौद्रिक नीतिले आउँदो आर्थिक वर्षमा मुद्रास्फीति ५.५ प्रतिशतभित्र सीमित राख्दै आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

    आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिइएको गभर्नर पौडेलले बताउनुभयो ।

    संस्थागत ऋणीको व्यक्तिगत जमानीसम्बन्धी व्यवस्थामा कडाइ गर्ने, कालोसूचीमा पर्ने व्यक्तिको सङ्ख्या घटाउन विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने मौद्रिक नीतिमा उल्लेख छ । साथै संस्थाअनुसार शेयर कर्जा सीमा निर्धारण हुने, सार्वजनिक विद्युतीय गाडीमा कर्जा सुविधा थप सहज बनाइने भएको छ ।

    यस पटकको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ । बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृतिअनुसार विशिष्टीकृत सेवा दिने अवधारणा कार्यान्वयनमा आउने भएको छ । शाखा खोल्ने तथा बन्द गर्ने व्यवस्थालाई थप लचिलो बनाउने, डिजिटल बैंकिङ सेवा विस्तार गर्ने तथा सञ्चालन खर्च घटाएर त्यसको प्रतिफल ग्राहकसम्म हस्तान्तरण गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

    बाह्य दबावका कारण मूल्यवृद्धिमा केही प्रभाव परेको भए पनि आउँदा महिनादेखि मुद्रास्फीतिको दबाव क्रमशः कम हुँदै जाने राष्ट्र बैंकको अपेक्षा छ ।

    यस्तै मौद्रिक नीतिले शेयर बजारलाई पनि सहजीकरण गरेको छ । शेयर धितो कर्जाको सीमा अब संस्थाको सबलताका आधारमा निर्धारण हुने व्यवस्था मिलाउने राष्ट्र बैंकले जनाएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend