Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निर्माण क्षेत्रमा बैंकहरूको लगानी उकालो, नबिल सबैभन्दा अगाडि; जेठसम्म २.३१ खर्ब रुपैयाँ कर्जा प्रवाह


५, साउन २०८३
  • 51
    SHARES
  • निर्माण क्षेत्रमा बैंकहरूको लगानी उकालो, नबिल सबैभन्दा अगाडि; जेठसम्म २.३१ खर्ब रुपैयाँ कर्जा प्रवाह

    काठमाडौं । आर्थिक गतिविधि विस्तारसँगै वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा कर्जा प्रवाह उल्लेखनीय रूपमा बढाएका छन्। गत आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म २० वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा २ खर्ब ३१ अर्ब १ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.१७ प्रतिशतले बढी हो।

    निर्माण तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्ने क्रममा अधिकांश वाणिज्य बैंकहरूले आफ्नो कर्जा पोर्टफोलियो बढाएका छन्। यसले बैंकिङ क्षेत्र निर्माण उद्योगप्रति सकारात्मक बन्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ।

    यस अवधिमा निर्माण क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंक नबिल बैंक बनेको छ। नबिल बैंकले निर्माण क्षेत्रमा २७ अर्ब २९ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८७ प्रतिशतले बढी हो।

    निर्माण क्षेत्रमा बैंकहरूको लगानी बढेसँगै पूर्वाधार विकास, आवास, व्यावसायिक भवन तथा अन्य निर्माण परियोजनामा वित्तीय पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। यद्यपि, निर्माण सामग्रीको मूल्य, परियोजना कार्यान्वयनको गति र समग्र आर्थिक गतिविधिले आगामी दिनमा यस क्षेत्रको कर्जा प्रवाहलाई थप प्रभावित गर्ने देखिन्छ।

    loan_20260720114338.jpg

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend