काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ। सोमबार नेप्से परिसूचक ४.६४ अङ्कले घटेर २,६९६.६७ बिन्दुमा कायम भएको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७० अङ्कले घटेर ४७०.७९ बिन्दुमा पुगेको छ। त्यस्तै फ्लोट सूचक ०.३१ अङ्कले घटेर १८५.२२ तथा सेन्सेटिभ फ्लोट सूचक ०.१८ अङ्कले घटेर १५९.७० बिन्दुमा झरेको छ।
आज विभिन्न कम्पनीका १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर रु ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक बढ्दा ९ उपसमूहको सूचक घटेको छ। बजारमा ९८ कम्पनीको सेयर मूल्य बढेको, १६६ कम्पनीको घटेको तथा १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा एभरेष्ट कलर लिमिटेड, लक्ष्मी उन्नति कोष र गरिमा समृद्धि योजनाका लगानीकर्ताले उल्लेख्य लाभ कमाएका छन्। यता कुथेली बुखरी स्मल हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड र मेगा म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्।