Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रवासी नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह


३०, साउन २०८३
  • 89
    SHARES
  • प्रवासी नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गर्नुभएको छ ।

    चीनको ग्वाङ्झाउ सहरमा आजदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नका लागि अनुरोध गर्नुभएको छ ।

    “सरकारले लगानीको माहोल बनाइरहेको छ । देशमै रोजगारीको वातावरण सिर्जना गर्ने वातावरण भइरहेको छ”, उहाँले भन्नुभयो, “एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन भइरहेको छ । त्यसैले पनि नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्दछु ।” मन्त्री वाग्लेले नेपालको पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि अनुरोध गर्नुभएको छ ।

    “प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस् । पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस्”, उहाँले भन्नुभयो, “सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको छ । बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको छ ।” अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो ।

    सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरेको पनि उहाँको भनाइ छ । बजेटमार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको सुरुआत मात्रै गरेको उहाँले उल्लेख गर्नुभयो । माहोल बनाइरहेको छ । देशमै रोजगारीको वातावरण सिर्जना गर्ने वातावरण भइरहेको छ”, उहाँले भन्नुभयो, “एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन भइरहेको छ ।

    त्यसैले पनि नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्दछु ।” मन्त्री वाग्लेले नेपालको पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि अनुरोध गर्नुभएको छ । “प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस् । पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस्”, उहाँले भन्नुभयो, “सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको छ ।

    बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको छ ।” अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो ।

    सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरेको पनि उहाँको भनाइ छ । बजेटमार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको सुरुआत मात्रै गरेको उहाँले उल्लेख गर्नुभयो ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend