Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त


२, भदौ २०८३
  • 87
    SHARES
  • कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

    काठमाडौं ।  नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभाका सदस्य प्रकाशबहादुर देउवाको पद मुक्त भएका छन्।

    मंगलबार प्रदेश सभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले स्वीकृत गरेपछि देउवा सांसद पदबाट मुक्त भएका हुन्।

    प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार देउवा सभालाई पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार पद मुक्त गरिएको छ। 

    सभामुखले बुधबार प्रदेश सभा बैठकमा यसबारे औपचारिक जानकारी गराउनेछन्। त्यसपछि राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आयोगलाई जानकारी गराइने जोशीको भनाइ छ। 

    गत वर्ष जेनजी आन्दोलनपछि भदौ २८ गते व्यक्तिगत कामका लागि अमेरिका गएका देउवा हालसम्म नेपाल फर्किएका छैनन्। स्वास्थ्यमा समस्या देखिएपछि अमेरिकामा उपचार तथा आराममा रहेको देउवाले प्रदेश सभा सचिवालयलाई गराएका थिए। 

    यसअघि अमेरिकामा रहे पनि देउवाले पछिल्लो ११ महिनाको तलब सुविधा पाइरहेका थिए। उनको खातामा पारिश्रमिक तथा विभिन्न सेवा–सुविधाबापत सात लाख ५३ हजार पाँच सय रुपैयाँ भुक्तानी भएको छ। 

    २०७९ सालको प्रदेश सभा निर्वाभचनमा कैलाली ५ ‘ख’ बाट  निर्वाचित देउवा सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री पनि बनेका थिए। कांग्रेसका निवर्तमान सभापति देउवाका भतिज समेत रहेका उनी तत्कालीन नेपाल नफर्किन बुझिएको छ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend