Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढी प्रभावितलाई एलपी ग्यास व्यवसायीले साढे १२ सय सिलिन्डर उपलब्ध गराउने


१४, भदौ २०८३
  • 126
    SHARES
  • बाढी प्रभावितलाई एलपी ग्यास व्यवसायीले साढे १२ सय सिलिन्डर उपलब्ध गराउने

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि १ हजार २ सय ५० थान भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ ।

    संघ अध्यक्ष दिवानबहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाएका हुन् । विपद् कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाइ मध्यनजर गरी संघले यो सहयोगको हात बढाएको उनले बताए ।

    संघले उपलब्ध गराउने १ हजार २ सय ५० थान एलपी ग्यासका भरी सिलिन्डर नेपाल आयल निगम मार्फत लक्षित वर्गमा पुग्ने गरी वितरण गरिने छ ।

    १० भदौ बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायत जिल्लामा भएको जनधनको क्षतिप्रति संघले दु:ख व्यक्त गरेको छ ।

    यस कठिन परिस्थितिमा सबै निकाय मानवीय कार्यमा जुटिरहेको उल्लेख गर्दै संघले आफ्ना तर्फबाट पनि सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त राहत सामग्री प्रदान गर्न लागेको जनाएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend