Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

७८ वर्षीय धनपतिले रसुवाका बाढीपीडितलाई दिए ७ लाख ७७ हजार ७७७ रुपैयाँ


१६, भदौ २०८३
  • 121
    SHARES
  • ७८ वर्षीय धनपतिले रसुवाका बाढीपीडितलाई दिए ७ लाख ७७ हजार ७७७ रुपैयाँ

    काठमाडौँ । देश संकटमा परेका बेला सहयोग गर्न उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन् ७८ वर्षीय धनपति भण्डारी। उनले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आफ्नो खाताबाट ७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेका छन्।

    भण्डारीले सिंहदरबार पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। जीवनको लामो समय भारतमा रोजगारीका क्रममा बिताएका उनी छोराछोरी हुर्किएपछि आफ्नो थातथलो बुटवल फर्किएका थिए। पछि छोराछोरी काठमाडौँमा स्थापित भएपछि उनी पनि काठमाडौँ सरेर सिनामङ्गलमा बस्दै आएका छन्।

    मुलुकमा विपद् वा संकट आइपर्दा आफ्नो क्षमताअनुसार सरकारलाई सहयोग गर्दै आएका भण्डारीको यो तेस्रो सहयोग हो। यसपटक उनले हस्तान्तरण गरेको रकम ७ लाख ७७ हजार ७७७ रुपैयाँ रहेकाले सहयोग रकमको अंकले पनि धेरैको ध्यान तानेको छ। यद्यपि, उक्त रकम यही अंकमा तय गर्नुको कारण भने खुलाइएको छैन।

    चेक बुझ्दै अर्थमन्त्री वाग्लेले भण्डारीले गरेको सहयोगको प्रशंसा गर्दै रकमको दुरुपयोग नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सहयोग रकम रसुवाका बाढीपीडितको हितमा खर्च गरिने र जिल्लाका स्थानीय तहमा सिधै पठाइने जानकारी दिएका छन्।

    विपद्का बेला सरकारको राहत कोषमा ठूलो रकम जम्मा भइरहेका बेला ७८ वर्षीय भण्डारीको व्यक्तिगत पहलले नागरिकस्तरबाट गरिने सहयोगको महत्त्वलाई समेत उजागर गरेको छ।

    प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार सोमबार दिउँसोसम्म प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ।

    भण्डारीको सहयोग रकम ठूलो आर्थिक सामर्थ्यको प्रदर्शनभन्दा पनि संकटको समयमा राज्य र पीडित नागरिकप्रति देखाएको जिम्मेवारीका रूपमा हेरिएको छ। आफ्नो खाताबाट चेक काटेर बारम्बार सहयोग गर्दै आएका उनको यो कदमले विपद्का बेला ‘सक्नेले सकेको सहयोग गरौँ’ भन्ने सन्देश दिएको छ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend