Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्र बैंकको निर्देशन – ‘विपद् पीडितका लागि बैंकिङ सेवा थप सहज बनाउनू’


१७, भदौ २०८३
  • 244
    SHARES
  • राष्ट्र बैंकको निर्देशन – ‘विपद् पीडितका लागि बैंकिङ सेवा थप सहज बनाउनू’

    काठमाण्डाै – नेपाल राष्ट्र बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहजरूपमा वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

    राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई विपद् पीडित ग्राहकको पहिचान यकिन गरी आवश्यक सहयोग र सहजीकरण गर्न भनेको हो ।

    प्राकृतिक विपद्का कारण बैंकिङ कारोबारका लागि आवश्यक कागजात तथा सामग्री गुमाएका ग्राहकले सेवा प्राप्त गर्न कठिनाइ भोग्नु नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछन् । त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend