Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो


२९, भदौ २०८३
  • 74
    SHARES
  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ।

    राष्ट्र बैंकका अनुसार युरोको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७० पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ २९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ। त्यस्तै स्वीस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६४ पैसा छ।

    अष्ट्रेलियन डलर १०९ रुपैयाँ ४१ पैसा खरिद र १०९ रुपैयाँ ८४ पैसा बिक्री, क्यानेडियन डलर ११० रुपैयाँ खरिद र ११० रुपैयाँ ४४ पैसा बिक्री तथा सिङ्गापुर डलर १२० रुपैयाँ ४२ पैसा खरिद र १२० रुपैयाँ ८९ पैसा बिक्रीदर कायम गरिएको छ।

    यस्तै, १० जापानी येनको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा तथा चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा तोकिएको छ। साउदी रियाल ४० रुपैयाँ ६३ पैसा खरिद र ४० रुपैयाँ ७९ पैसा बिक्री तथा कतारी रियाल ४१ रुपैयाँ ८६ पैसा खरिद र ४२ रुपैयाँ २ पैसा बिक्रीदर कायम छ।

    केन्द्रीय बैंकले यूएई दिरामको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ४९ पैसा खरिद र ३७ रुपैयाँ ६३ पैसा बिक्री तथा दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ।

    त्यस्तै कुवेती दिनारको खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार ४०४ रुपैयाँ ७२ पैसा खरिद र ४०६ रुपैयाँ ३१ पैसा बिक्री तथा ओमानी रियाल ३९६ रुपैयाँ ३३ पैसा खरिद र ३९७ रुपैयाँ ८९ पैसा बिक्रीदर कायम गरिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले कारोबारअघि सम्बन्धित बैंकको अद्यावधिक दर हेर्न राष्ट्र बैंकले जनाएको छ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend