काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ मा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ मा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ मा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँ मा किनबेच भएको थियो।
यससँगै पछिल्लो कारोबारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको अवस्था तथा अन्य विभिन्न बजारगत सूचकका आधारमा प्रभावित हुने गर्छ।