Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एनपीएलमा आज लुम्बिनी र काठमान्डुबीच प्रतिष्ठाको भिडन्त


२२, कात्तिक २०८३
  • 88
    SHARES
  • एनपीएलमा आज लुम्बिनी र काठमान्डुबीच प्रतिष्ठाको भिडन्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा काठमान्डु अपराजित लुम्बिनीको विजयी यात्रामा पूर्णविराम लगाउने लक्ष्यसहित मैदान उत्रिनेछ।

    लिगमा उत्कृष्ट लय कायम राखेको लुम्बिनी ७ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। चार खेल खेलेको लुम्बिनीले तीन खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको छ। त्यसैले टोली अहिलेसम्म अपराजित रहँदै आएको छ।

    यता काठमान्डु गोर्खाज ४ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ। तीन खेल खेलेको काठमान्डुले दुई खेलमा जित हात पारेको छ भने एक खेलमा पराजय बेहोरेको छ।

    शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ भने काठमान्डु जित निकाल्दै अंकतालिकामा थप सुधार गर्ने दाउमा छ। दुवै टोलीका लागि महत्वपूर्ण मानिएको आजको खेलले अंकतालिकाको समीकरणमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।

  • एनपीएलमा आज आरपारको लडाइँ : सुदूरपश्चिमविरुद्ध जनकपुर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच

  • एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

  • अन्तिम ओभरमा रसेलको कमाल, विराटनगरसँग २ रनले हार्‍यो जनकपुर

    काठमाडौं । आन्द्रे रसेलको घातक बलिङ र अलराउन्ड प्रदर्शनको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend