काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा चार टोली प्रतिस्पर्धामा उत्रिँदैछन्।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।
लगातार दुई खेलले आज त्रिवि क्रिकेट मैदानमा क्रिकेटप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको छ।