Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कृषि क्षेत्रलेनै देशको अर्थतन्त्र सुधार गर्न सक्छ : मन्त्री भुसाल


७, जेठ २०८०
  • 298
    SHARES
  • कृषि क्षेत्रलेनै देशको अर्थतन्त्र सुधार गर्न सक्छ :  मन्त्री  भुसाल

    अर्घाखाँची । नेपाल सरकारका कृषि तथा पशुपक्षी मन्त्री बेदुराम भुसालले कृषिले नै देशको अर्थतन्त्र सुधार हुने दावी गरेका छन्  । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भुसालले नेपालको अर्थतन्त्रको ठुलो मेरुदण्ड भनेको कृषि रहेको बताउँदैे कृषिबाटै अर्थतन्त्र सुधार गर्न सकिने बताए । 

    “नेपाल कृषि प्रधान देश हो, यहाँको अर्थतन्त्र कृषिमा निर्भर छ। अहिले कृषिमा धेरै समस्या छन्। त्यी समस्याको समाधान गर्न आवश्यक छ । ”उनले भने “नेपालमा कृषिका समस्याहरु मध्ये बाँझो जमिन, सिँचाई, बिउ मल हुन्, सरकार अहिले त्यी समस्याको समाधानका उपायहरु खोज्न लागिरहेको छ ।” देश यतिबेला आर्थिक संकटबाट गुज्रिरहेको छ । सरकारले हरेक क्षेत्रका बजेटको कटौती गरिरहेको छ तर अन्य क्षेत्रको बजेटको तुलनामा कृषि क्षेत्रको बजेट कम कटौती गर्ने मन्त्री भुसालले जानकारी दिए ।

    मन्त्री भुसालले कृषि प्रधान देशमा  कृषि ऐन नहुनु दुःखद रहेको बताउँदै अहिले मन्त्रालय कृषि ऐन बनाउने कार्यमा लागिरहेको पनि उल्लेख गरे । अर्घाखाँचीबाट संघिय सरकारमा कृषि जस्तो महप्वपूर्ण मन्त्रालयमा मन्त्रीको जिम्मेवारीमा पुगेको भुसाललाई उत्कृष्ट कार्यकालको शुभकामना र बधाई ज्ञापन गर्दै पत्रकार महासंघ अर्घाखाँचीले दोसल्ला र सम्मानपत्रले सम्मान समेत गरेको छ ।

    कार्यक्रम पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनालको अध्यक्षता,उपाध्यक्ष बिरेन्द्र के.सी.को स्वागत मन्तव्य र सह–सचिव हृदयकुमार भुसालको संचालनमा सम्पन्न भएको हो ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend