Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आधुनिक घरले गाउँको मौलिकता घुम्ने खतरा


२३, असोज २०८०
  • 210
    SHARES
  • आधुनिक घरले गाउँको मौलिकता घुम्ने खतरा

    बागलुङ । बागलुङका ग्रामीण क्षेत्रमा एक दशक अघिसम्म काठ, ढुङ्गा माटो र घरका थुप्रै घर भेटिन्थे  तर अहिले त्यस्ता घर भेटिन छोडेका छन् । अहिले बनेका घर  कङ्क्रिटले ढलान गरिएका वा जस्तापाताले छाइएका पाइन्छन् । ढुङ्गा तथा खरले  छाना छाउन छोडिएको छ । 

    सडक सञ्जालले ग्रामीण क्षेत्र जोडिएसँगै बजारिया रहनसहन त पुग्यो नै त्यससँगै घर पनि बजारकै जस्तो बन्न थालेका छन् । पहिले गाउँका घर ढुङ्गा र खरले सलक्क मिलाएर छाइएका रातोमाटो र सेतो कमेरोले पोतिएका हुन्थे । 

    सहर बजारबाट जो कोही गाउँमा पुग्दा ती घरहरुले मनै लोभ्याउने गर्थे तर अहिले बन्ने गरेका कङ्क्रिटका घरहरुले गाउँको पहिचान लोप हुँदै गएको छ । हरेक दिन गाउँमा सडक निर्माण भइरहेका र  त्यसको प्रभाव ती पुराना परम्परागत घरहरुमा परेको छ । परम्परागत खर तथा ढुङ्गे घरहरु गाउँबाट बिस्तारै ओझेलिँदै छन् ।

    जिल्लाको तमानखोला गाउँपालिका–३ तमान गाउँमा पाँच वर्ष अगाडिसम्म अधिकांश घरहरु ढुङ्गा र केही खरले छाइएका थिए तर अहिले ती बस्तीहरुमा विभिन्न रङ्गका जस्तापाताले छाएका  रङ्गीचङ्गी घर देखिन्छन् । अहिले गाउँलेहरुले सहर बजारकै जस्तो घर बनाउन थालेको स्थानीयवासी भवीन्द्र बुढा मगरले बताउनुभयो । 

    “हामीहरु सानैदेखि ढुङ्गाका, खरका घरमा खेल्दै हुर्किएका हौँ, अबका हाम्रा पुस्ताले त्यस किसिमको घर देख्न नपाउने भए, अहिले त गाउँमा पनि सिमेन्टका पक्की घर बन्न थालेका छन्, सिमेन्टका घरले गाउँको मौलिकता हराउन थालेको आभाष हुन थालेको छ,” उहाँले भन्नुभयो, “गाउँमा सिमेन्टका घर बनाउन सम्बन्धित निकायले रोक लगाउनुपर्छ जस्तो लाग्छ, गाउँ नै बजारजस्तो भए पछि नेपालीको पहिचान कस्तो बन्ला ?, गाउँ त हाम्रो इतिहास हो, गौरव हो ।”

    ढोरपाटन नगरपालिका–८ बोबाङमा पनि एक दशक अगाडिसम्म अधिकांश घर खर, ढुङ्गा र काठका थिए । काठकै छानो, काठकै झ्याल ढोका भएका घरले बोबाङको पहिचान बनाएकामा अहिले पक्की घर बन्न थालेको अर्का स्थानीयवासी नरबहादुर पुनले बताउनुभयो । अहिले नि यहाँको विभिन्न ठाउँको नाम ढुङ्गे गाउँ, पल्लेघर लगायतले परिचित रहेकामा  आधुनिकताले सबै मौलिकता ओझेलमा पार्दै गएको उहाँको भनाइ थियो । 

    गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले गाउँको मौलिकता जोगाउन कङ्क्रिटका घर बनाउन रोक लगाइने बताउनुभयो । पछिल्लो समय गाउँ–गाउँमा सिमेन्टका भवन बन्न थालेको हुँदा गाउँपालिकाले यहाँको  केही गाउँलाई मौलिक गाउँका रुपमा विकास गर्ने गरी योजना बनाएको बताउनुभयो ।

    सडकका कारण मौलिक घर हराउँदै गएको उहाँले गुनासो गर्नुभयो । तमान गाउँमा भएका घरलाई अब एकै रङ्गका, एउटै ‘डिजाइन’ मा निर्माण गरिने अध्यक्ष बुढामगरको भनाइ थियो  ।

    “तमानखोलाका केही ठाउँमा कङ्क्रिटका केही घरहरु बनेका छन्, अब बन्ने घर त्यसरी मन लाग्दी बनाउन नपाउने गरी योजना बनाउँछौँ, गाउँको पहिचान र मौलिकतासँग जोडेर घर बनाउनुपर्ने नीति ल्याउँछौँ, तमान गाउँलाई मौलिक गाउँकै रुपमा विकास गर्ने उद्देश्य छ,” उहाँले भन्नुभयो, “अहिले गाउँमा बनेका घर स्वास्थ्यका हिसावले फाइदाजनक छैन, किनकि गाउँमा चिसो हुन्छ्, त्यसमाथि सिमेन्टका घरहरुले स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिएको छ, पुस, माघ महिनामा त्यस्तो घरमा बस्न सकिने रैनछ ।”

  • धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ५ हजार ९०० रुपैयाँ सस्तियो

    काठमाडौँ । तिहारको धनतेरस पर्वकै दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। लगातार

  • सुनको मूल्यमा एकैदिन १३ हजार ३०० रुपैयाँको उछाल, तोलाकै २ लाख ८८ हजार ९०० पुग्यो

    काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा बिहीबार अस्वाभाविक वृद्धि भएको छ। एकैदिन सुनको मूल्य प्रतितोला

  • सुनको भाउ फेरि उकालो, तोलामा ८०० रुपैयाँ बढ्दा चाँदी २५ रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ भने चाँदीको भाउ घटेको छ। सोमबार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend