कास्की । निजि क्षेत्रका कृषि बजार संचालकहरूको पोखरामा वसेको भेलाले नेपाली कृषि उपजको बजारीकरणलाई प्राथमिकता तथा व्यावसायिक हकहित को रक्षाका लागि राष्ट्रिय कृषि बजार संघ, नेपाल गठन गरेको छ । भेलाले झलक लाल श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । बजारहरू संगठित भएर अगाडि बढ्दा काममा सहजा हुनुकोको साथै वेलावखत बजारमा देखापर्ने समस्यामिलेर समाधानमा यस्ता संस्था सहयोगी हुने संयोजक श्रेष्ठले बताए । उहाले संस्था निजी क्षेत्रका बजारको हक हित र सरकार संग सहजिकरणमा जोडदिन अग्रसर रहने वताए ।
राष्ट्रिय कृषि बजार संघ (तदर्थ समिती ) २०८० का संयोजक झलक लाल श्रेष्ठ नेपालको पहिलो निजी क्षेत्रको बजार पोखराको श्री कम्लेक्स प्रा.लि. का संचालक तथा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेसका कृषि समितिका सभापति हुन् । कृषि बजारका वारे उहाँ संग लामो अनुभव रहेको छ । समितिको सदस्यहरूमा केशव राज न्यौपाने (पैचो पसल प्रा.लि. गुल्मी ), सीता पाण्डेय ( मुना कृषि बजार, पोखरा ), दामोदर खनाल (लुम्बिनी कृषि उपज थोक बजार प्रा.ली.मणिग्राम ) , चीत्र कुमार लोचन (घुम्बाराही तरकारी तथा फलफूल विक्री केन्द्र), पूर्ण चन्द्र सिग्देल (काभ्रे कृषि बजार प्रा.लि. , कुशल जीसी(जलजला कृषि बजार प्रा.ली) रहेका छन् ।
यसै वीच यो राष्ट्रिय कृषि बजार संघ (तदर्थ समिती) समितिलाई पोखरामा आयोजित नीजि क्षेत्रबाट संचालित कृषि उपज थोक तथा खुद्रा बजारसंग समन्व गोष्ठि समापन कार्यक्रमका अवसरमा शुक्रवार सम्मान गरेको छ । उक्त अवसरमा कृषि तथा भुमि ब्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सचिव सहदेव हुमागाईले सम्मान गर्दै निजी क्षेत्रका बजारको भुमिका महत्त्वपूर्ण रहेको बताए। । उनले यस्ता संस्थाहरूको माध्यमबाट सरकारलाई पनि काम गर्न सहज हुने वताउदै समितिको सफलताको कामना गरे ।
यस अवसरमा कृषि विकास निर्देशनालय निमत्त प्रमुख टिकाराम शर्मा , सह सचिव प्रधुम्नराज पाण्डे, बरिष्ठ कृषि अर्थ बिज्ञ डा मणिरत्न अर्याल लगायतको उपस्थिति रहेको थियो । गठित संस्थाको ३ महिनाभित्र विधान र कार्यविधि तयार गर्ने भेलाले निर्णय समेत गरेको छ ।