Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी


२१, जेठ २०८०
  • 260
    SHARES
  • छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी

    कैलाली। कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध छन् । कृषिबाटै जनजीविका चलाउँदै आएका उनको वर्षौं देखिको दुःख यतिबेला हराएको छ । स्थानीयले छाडा चौपाया छोडेका कारण लगाएको अन्न बाली बर्सेनि नष्ट हुन थालेपछि कुनै बेला उनी खेती गर्न छोड्ने मनस्थितिमा पुगेका थिए । नगरपालिकाले  छाडा चौपाया व्यवस्थापन गर्न सफल भएपछि महतो जस्ता कैयौँ किसानलाई राहत भएको छ । 

    केही समय पहिले छाडा चौपायाका कारण रात दिन खेतमै बास बस्नुपर्ने बाध्यता भएको सुनाउदै महतोले नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गरिदिए पछि यसवर्ष गहुँ भित्र्याउन पाएको अनुभव सुनाए । चौपायाले आधा भन्दा बढी बाली नष्ट गरिसकेको अनुभव सुनाउदै उनले भने अब रातदिन खेतमै बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

    त्यसै गरी जानकी गाउँपालिकाका सुरेन्द्र चौधरी पनि चौपायाको समस्या कम हुँदै गएकोमा खुसी व्यक्त गरेका छन् । उनले खेतमा त्रिपाल हालेर चौपायाको हेरालु राख्नुपर्ने स्थिति यस वर्ष नआएको बताए । उनले स्थानीय सरकारले छाडा चौपायाको व्यवस्थापन गरे जस्तै कृषकका लागी चाहिने मल,बिउ लगायतका सामाग्रीहरु समयमा नै उपलब्ध गराए किसानलाई राहत हुने बताए । 

     

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend