Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलको शाइन सहकारीका अध्यक्ष प्रकाश फरार, दुबई भाग्ने तयारी


२३, जेठ २०८०
  • 184
    SHARES
  • बुटवलको शाइन सहकारीका अध्यक्ष प्रकाश फरार, दुबई भाग्ने  तयारी

    बुटवल । बुटवलमा रहेका बचत तथा बहुउद्देश्यीय सहकारी संस्थाहरु एकपछि अर्को गरि रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि बचतकर्ताहरुको रकम जोखिममा पर्ने खतरा बढेर गएको छ । केही दिन अगाडि सुनौलो बहुउद्देश्यीय सहकारीको घटना सेलाउन नपाउँदै शाइन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रकाश खनाल बचतकर्ता, शेयरधनी र कर्मचारी समेतको रकम हिनामिना गरि फरार भएका छन् ।

    लगानीकर्ता र बचतकर्ताहरुको लाखौं रकम कुम्ल्याएर सहकारीका अध्यक्ष खनाल सम्पर्कविहिन भएपछि यतिबेला पीडित बनेकाहरु प्रहरी कार्यालयमा न्यायका लागि धाउन थालेका छन् । सहकारीको साधारणसभामा ३ महिनाको म्याद मागेर सम्पूर्ण रकम तिर्ने भाका लिई झुक्काएर तोकिएको समयावधि पुगेसँगै अध्यक्ष खनाल सम्पर्कबिहिन बनेपछि बचतकर्ताहरुको रकम जोखिममा पर्ने भएको छ । 

    सोमबार पीडितहरु अध्यक्ष खनाल बस्दै आएको बुटवल उपमहानगरपालिका वडा न–११ देविनगर स्थित घर समेत घेराउ गरेका थिए । यता सहकारीको कार्यालय बन्द अवस्थामा छ ।

    केही पीडितहरुले सहकारी दर्ता अधिकारीको लुम्बिनी प्रदेश कार्यालय दाङ पुगेर उजुरी दर्ता गराएको बताईएको छ । पीडितहरुले भन्छन्, हामीले खर्च कटौती र काम गरेको केही रकमलाई छुट्याएर सहकारीमा बचत गरेको रकम डुब्ने भयो । राज्यले नागरिकको पैसा हिनामिना पार्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउँछन् ।

    आफूहरुले पाउनुपर्ने पैसा पाउनको लागि दोषीलाई प्रहरीले प्रक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन चासो नदेखाएको गुनासो गरेका छन् । यता सहकारीमा कामगर्ने कर्मचारीहरुले बचत गरेको ३० लाखभन्दा बढी रकम निकाल्न नपाएको बताएका छन् ।

    सहकारीमा कार्यरत कर्मचारी एक कर्मचारीले नाम नबताउने सर्तमा भनिन्, आफूहरुले काम गरेबापत पाउनुपर्ने २ महिनाको मासिक पारिश्रमिक समेत नपाएको बताउँदै बचत गरेको ५० हजार पनि डुबेको दुखेसो पोखिन् । अर्की कर्मचारीले पनि २ महिनाको तलवसुविधा नपाएको र बचतमा रहेको ४ लाख रकम निकाल्न नपाएको पीडा सुनाइन् ।

    सहकारीको बैंक प्रबन्धक रहेकी अनिता पछाईको समेत १५ लाख बचत रकम डुबेको छ भने काम गरेको पारिश्रमिक समेत पाएकी छैनन् । करिब ५ हजार साधारण सदस्य रहेको उक्त सहकारीमा नियमित बचत गर्ने १ हजार ५ सय बढी सदस्य रहेको जनाईएको छ।

    देश छाड्ने तयारीमा अध्यक्ष खनाल: 

    सम्पर्कबिहीन भएका बुटवलको शाइन बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रकाश खनाल बुधवार दुवई जान लागेको जानकारी पाएपछि उनको बिदेश यात्रा रोक्न भन्दै सहकारीका कर्मचारीसहित २० जना पीडितहरुले जिल्ला प्रहरी कार्यालय रुपन्देही मार्फत् अध्यागमन कार्यालयमा निवेदन दिएको बचतकर्ता टेकराज पन्थीले जनाएका छन् ।

    पीडितहरुले विदेश जान रोक्न प्रहरीलाई अनुरोध गरेका छन् । केही दिनयता कार्यालय बन्द गरेर सम्पर्कबिहीन भएका खनालको खोजीका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका उनीहरु इलाकाबाट कुनै चासो नजगाएपछि बुधवार खनाल बिदेश जाने तयारी गरेको सूचना पाएसंँगै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

    गत पुसमा नौ सहकारी मर्ज:

    अर्घाखाँचीका प्रकाश खनाल शाइन सहकारीको अध्यक्ष हुन् । निकै चतुर र चलखेल स्वभावका उनकै डिजाइन र योजनामा गत पुस १९ गते साना ९ वटा सहकारीहरुलाई मर्ज गरे । मर्ज गर्दा आफु नै अध्यक्ष बने । मर्जपछि थप उनि आर्थिक चलखेलमा छिटोछरितो रुपमा ठगि धन्दामा लागेको खुल्न आएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend